Samabeshi FM 92.3 MHZ,katari

Samabeshi FM 92.3 MHZ,katari

Partager

Official page of Samabeshi FM 92.3 MHz.

14/10/2026

त्रियुगामा करेन्ट लागेर ६५ वर्षीय चौधरीको मृत्यु

उदयपुर, असोज २७। उदयपुरको त्रियुगा नगरपालिका–११ ज्योतीनगरमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा ज्योतीनगर निवासी ६५ वर्षीय बद्री नारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार साँझ करिब ६:४० बजे आफ्नै घरको पूजा कोठामा साँझको पूजा गर्ने क्रममा होल्डरमा तार जोडेर बत्ती बाल्न खोज्दा चौधरीलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उनकी श्रीमतीले उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्‍याएकी थिइन्। तर, अस्पताल पुर्‍याउनुअघि नै बाटोमा मृत्यु भइसकेको भन्दै चिकित्सकले साँझ ७ बजे उनलाई मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

13/10/2026

भर्ना खुल्यो ✊

Photos from Samabeshi FM 92.3 MHZ,katari's post 13/10/2026

ट्रिपर विवादमा निकास खोज्दै नगरपालिका, पार्टीको काममा व्यस्त सांसद अनुपस्थित,व्यवसायी आक्रोशित
कटारी, २६ असोज। उदयपुरको कटारीमा ट्रिपर व्यवसायी र स्थानीयबीच देखिएको विवाद समाधानका लागि बोलाइएको सर्वदलीय बैठकमा संघीय र प्रदेश सांसद अनुपस्थित भएपछि व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्। जनताको समस्यामा गम्भीर हुनुपर्ने जनप्रतिनिधि नै बैठकमा उपस्थित नभएको भन्दै व्यवसायीहरूले आक्रोश व्यक्त गरेका हुन्।

कटारी नगरपालिकाको आयोजनामा सोमबार बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका गतिविधि तथा बैठकमा व्यस्त रहेकाले उपस्थित हुन नसकेको जानकारी दिइएका संघीय सांसद सूर्यबहादुर तामाङ र प्रदेश सांसद राम खत्री अनुपस्थित थिए। विवाद समाधानका लागि महत्वपूर्ण मानिएको बैठकमा दुवै तहका जनप्रतिनिधि नआएपछि व्यवसायीहरूले जनताका समस्याप्रति उनीहरूको जिम्मेवारीमाथि प्रश्न उठाएका छन्।

बैठकले विवाद समाधानका लागि स्थानीय, ट्रिपर व्यवसायी, राजनीतिक दल, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, इलाका प्रशासन, प्रहरी, पत्रकार तथा मजदुरलगायतको प्रतिनिधित्व रहने गरी प्रतिनिधिमूलक समिति गठन गर्ने निर्णय गरेको छ। समितिले तीनै तहका सरकारका प्रतिनिधिसँग छलफल गरी विवाद समाधानको पहल गर्नेछ।

जनताको समस्या समाधानका लागि बोलाइएको बैठकमै सांसदहरू अनुपस्थित हुनु गैरजिम्मेवार व्यवहार भएको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाएका थिए। उनीहरूले विवाद समाधानमा प्रत्यक्ष भूमिका खेल्नुपर्ने जनप्रतिनिधि नै अनुपस्थित भएपछि समस्या समाधानको पहल प्रभावकारी हुनेमा आशंका व्यक्त गरेका छन्।

कटारी नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ र उपप्रमुख गीता खड्कालगायतको उपस्थितिमा बसेको बैठकको सहजीकरण उपप्रमुख खड्काले गरेकी थिइन्। तर, संघीय र प्रदेश सांसदको अनुपस्थितिमा विवाद समाधानका विषयमा बैठकले ठोस निष्कर्ष निकाल्न सकेन।

12/10/2026

कटारीमा ट्रिपर व्यवसायी र स्थानीयबीच देखिएको विवाद समाधानका लागि नगरपालिकाले बोलाएको सर्वदलीय बैठकमा सांसद सूर्य लामा अनुपस्थित भएपछि व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्। समस्या समाधानका लागि आयोजित बैठकमा सांसद नै उपस्थित नभएपछि आफूहरूको मुद्दालाई बेवास्ता गरिएको व्यवसायीहरूको गुनासो छ।

12/10/2026

कटारीबाट १०० किलो गाँजासहित युवक पक्राउ, चौदण्डीगढीमा ९४० किलोभन्दा बढी गाँजा बरामद

उदयपुरमा प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट १ हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको एक बोलेरो नियन्त्रणमा लिनुका साथै १०० किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले असोज २५ गते राति करिब १०:२० बजे कटारी नगरपालिका–६ स्थित सागुरी पुल नजिकैको जंगलबाट पाँचवटा बोरामा राखिएको १०० किलो गाँजासहित ताप्ली गाउँपालिका–२ निवासी अन्दाजी २२ वर्षीय विश्वराज राईलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार गाँजा तिनतलेबाट सिराहातर्फ लैजाँदै गरिएको थियो। घटनामा संलग्न अन्य व्यक्तिहरू फरार रहेकाले खोजी भइरहेको छ।

त्यस्तै, असोज २६ गते राति करिब २ बजे चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानिटार–बेल्टार भित्री सडकखण्डमा पार्किङ गरी राखिएको बा १४ च २२५५ नम्बरको बोलेरोबाट २९ वटा बोरामा रहेको ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले बोलेरोसहित गाँजा नियन्त्रणमा लिएको हो। उक्त घटनामा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ भने चौदण्डीगढीमा बरामद गाँजा र नियन्त्रणमा लिइएको बोलेरोसम्बन्धी घटनामा पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

10/10/2026

दशैको पहिलो दिन घटस्थापनाको सबैमा शुभकामना।।

Photos from Samabeshi FM 92.3 MHZ,katari's post 10/10/2026

खेलकुदमा कटारी–४ का खेलाडीको उत्कृष्ट प्रदर्शन, वडा अध्यक्षद्वारा सम्मान

कटारी, उदयपुर। कराते खेलमार्फत विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कटारी नगरपालिका–४ को नाम उच्च राख्न सफल खेलाडीहरूलाई वडा कार्यालयले सम्मान गरेको छ। राष्ट्रिय तथा अन्तरप्रदेशस्तरीय प्रतियोगितामा पदक हासिल गरेका खेलाडीहरूको उपलब्धिको कदर गर्दै वडा अध्यक्ष भूपेन्द्र सिंह तामाङले सम्मानपत्र प्रदान गर्नु भएको हो।

वडा कार्यालयका अनुसार शशिका आले मगरले काठमाडौंमा आयोजित १६औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा करातेतर्फ स्वर्ण पदक हासिल गरेकी छन्।

त्यस्तै, सितोरियो कराते प्रगति डोजोका खेलाडीहरूले झापाको काँकडभिट्टामा आयोजित प्रेसिडेन्ट कप २०२६ कराते प्रतियोगिता–२०८३ मा टिमतर्फ दोस्रो स्थान हासिल गरेका छन्। यसैगरी, सिरहाको गोलबजार नगरपालिका–३ मा आयोजित दोस्रो वडा अध्यक्ष अन्तरप्रदेश आमन्त्रित कराते प्रतियोगिता–२०८३ मा टिम प्रथम हुन सफल भएको छ।

वडा अध्यक्ष तामाङले खेलाडीहरूको मेहनत, अनुशासन र सफलताको प्रशंसा गर्दै यस्ता उपलब्धिले वडा तथा समग्र नगरपालिकाकै गौरव बढाएको बताएका छन्। खेलाडीलाई प्रोत्साहन र सम्मान गर्दा उनीहरूको मनोबल बढ्नुका साथै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने तामाङको भनाइ छ।

08/10/2026

देउवा पक्षको कांग्रेस कटारी नगर सभापतिमा विष्णु कटुवाल निर्विरोध
कटारी । नेपाली कांग्रेस देउवा पक्षको १५औँ कटारी नगर अधिवेशनबाट कटारी नगर सभापतिमा विष्णु कटुवाल निर्विरोध निर्वाचित हुनुभएको छ।
अधिवेशनबाट नगर उपसभापतिमा बिना दाहाल र गिरिमान मगर, सचिवमा पेसल भट्टराई र डम्बर राई तथा सहसचिवमा पूर्णबहादुर बुढाथोकी र दीपपाल थापा निर्विरोध निर्वाचित हुनुभएको हो। त्यस्तै, कोषाध्यक्षमा हिमा कटुवाल निर्विरोध निर्वाचित हुनुभएको छ।
अधिवेशनबाट २८ जना नगर कार्यसमिति सदस्यसमेत निर्विरोध निर्वाचित भएका छन्।

08/10/2026

सोमबार सर्वपक्षीय भेला बस्ने सहमतिपछि कटारीको सडक खुल्यो
कटारी । कटारीमा आज बिहानदेखि ट्रिपर व्यवसायीहरूले गरेको सडक बन्द खुलेको छ। ट्रिपर सञ्चालनसम्बन्धी समस्या समाधानका लागि सोमबार सर्वपक्षीय भेला बोलाउने प्रतिबद्धता उपप्रमुख गीता खड्काले जनाएपछि व्यवसायीहरूले सडक खुलाएका हुन्।
ट्रिपर व्यवसायीहरूले आफ्ना माग सम्बोधन गर्नुपर्ने भन्दै बिहानदेखि सडकमा ट्रिपर तेर्साएर यातायात अवरुद्ध गरेका थिए। उपप्रमुख खड्काको पहलमा सोमबार सर्वपक्षीय छलफल गर्ने सहमति भएपछि सडक सञ्चालनमा आएको हो।

08/10/2026

कटारीमा ट्रिपर सञ्चालन गर्न पाउनुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका ट्रिपर व्यवसायीहरूले मदन भण्डारी राजमार्गअन्तर्गत कटारी सडकखण्डमा ट्रिपर तेर्स्याएर सडक अवरुद्ध गरेका छन्।

Téléphone

Adresse


Katari, Udayapur
Katari
00977

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Samabeshi FM 92.3 MHZ,katari publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

S’abonner

Nous vous informerons de toute nouveauté à Katari.